|  

भोटेकोशी बाढी अपडेटः १ हजार ४५७ जनाको श#व फेला

२१ असोज, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बुधबार बिहानसम्म १ हजार ४५७ जनाको शव फेला परेको छ।

रसुवासहित नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न स्थानबाट शव फेला परेका हुन्।

हालसम्म १ हजार ३३४ शव व्यवस्थापन गरिएको छ भने मृतक र आफन्त गरी ३ हजार ४१८ वटा डीएनए नमुना संकलन गरिएको छ।

बाढीपछि ४ हजार ७२० जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ। खोजी, उद्धार, राहत तथा शव व्यवस्थापनका लागि ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ।