|  

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

२१ असोज, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापवाला सुन तोलामा  ८०० रुपैयाँले बढेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै ४ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।