|  

आज दिनभर झरी, शनिबारदेखि सुधार हुने

२१ असोज, काठमाडौं ।  देशका अधिकांश स्थानमा आज दिनभर वर्षा हुने र यो क्रम शुक्रबारसम्म जारी रहने मौसम विज्ञान विभागले जनाएको छ। अहिले धेरै ठाउँमा मेघगर्जनसहित वर्षा भइरहेको छ।

रातिदेखि केही सुधार भए पनि शुक्रबार दिउँसो पुनः वर्षा हुने सम्भावना छ। शनिबारदेखि भने मौसम क्रमशः सुधार हुने विभागको पूर्वानुमान छ।

आज पूर्वी क्षेत्रमा तुलनात्मक रूपमा कम वर्षा भए पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।