२१ असाेज, काठमाडाैं । नेपाल राष्ट्र बैंकले बुधबार ३० अर्ब रूपैयाँ निक्षेप तान्ने भएको छ ।
बैंकहरूमा अधिक तरलता कायमै भएपछि केन्द्रिय बैंकले एक महिनाका लागि ३० अर्ब रूपैयाँ निक्षेप तान्न लागेको हो । यसका लागि मध्यान्ह ३ बजे बोलकबोल हुँदैछ । यसमा बाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ । बैंकहरुले ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ । अहिले बैंकहरूमा अधिक तरलता रहेको छ । त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पटक पटक बोलकबोलबाट पैसा तान्दै आएको छ । सोही क्रममा राष्ट्र बैंकले एकै पटक ३० अर्ब रूपैयाँ निक्षेप बोलकबोल गर्न लागेको हो ।
बोलकबोलमा बैंकहरुले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रश्ताव गर्न सक्नेछन् । बैंकहरूले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् । २८ दिन अर्थात् आगामी कात्तिक १८ गते बैंकहरुलाई सावाँ र ब्याज भुक्तानी गरिनेछ । कर्जाको माग न्यून हुँदा अहिले बैंकहरुमा पैसा थुप्रिएको छ । अहिले बैंकहरूमा करिव ८४ खर्ब ५८ अर्ब निक्षेप हुँदा कर्जा प्रवाह ६० खर्ब ६१ अर्ब रूपैयाँ छ । सीडी रेसियोको सीमाअनुसार बैँकहरूसँग साढे १६ खर्ब रूपैयाँ ऋण दिन मिल्ने पैसा छ । तर कर्जाको माग बढ्न नसक्दा बैंकहरूमा उक्त पैसा थुप्रिएको छ । त्यसपछि राष्ट्र बैंकले बैंकहरूमा भएको पैसा तान्दै आएको छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar