|  

पानी परेपछि प्रभावित भएको कांग्रेसको बन्दसत्र दिउँसो ४ बजे सुरू हुने

२१ असोज, काठमाडौं । काठमाडौंको खुलामञ्चमा चलिरहेको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजको बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ ।

पूर्वनिर्धारित समयअनुसार बिहान साढे १० बजे बन्दसत्र सञ्चालन हुने भनिए पनि वर्षाका कारण प्रभावित भएपछि अब दिउँसो ४ बजेदेखि सुरू हुने भएको छ ।