२१ असाेज, काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले काँग्रेसलाई नयाँ पुस्ताको जोश र पुरानो पुस्ताको अनुभवबाट सशक्त बनाउनुपर्ने बताउनुभएको छ ।
नेपाल तरुण दलले आउो्जना गरेको कार्यक्रममा उहाँले नयाँ पुस्ताको जोश–जाँगर र पुरानो पुस्ताको अनुभवलाई संयोजन गरी पार्टीलाई थप सशक्त, गतिशील र आगामी चुनौती सामना गर्न सक्ने बनाउनुपर्ने बताउनुभएको हो । उहाँले पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भयो ।
काँग्रेसको अधिवेशनमा उपसभापति पदका उम्मेदवार दिनुभएका पाण्डेले पार्टीभित्र सबै पक्षलाई समेटेर काँग्रेसलाई एकतावद्ध बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले हामीले पार्टीलाई नयाँ पुस्ताको जोश–जाँगर र पुराना साथीहरूको अनुभवलाई संयोजन गरेर नेपाली कांग्रेसलाई फेरि सशक्त, गतिशील र आगामी दिनको चुनौती सामना गर्न सक्ने पार्टी निर्माण गर्नुपर्ने अवस्था छ ।’
उहाँले आफूले लामो समयदेखि पार्टी तथा भ्रातृ संगठनमा काम गर्दै आएको उल्लेख गर्दै आफ्नो उम्मेदवारीलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar