|  

चोलेन्द्रसहित निकटस्थ र आफन्तको घरमा सम्पत्ति शुद्धीकरणको छापा

२१ असाेज, काठमाडाैं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित उनी निकटका व्यक्ति तथा आफन्तको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।

विभाग र प्रधानमन्त्रीनिकट स्रोतका अनुसार जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा टोलीले छापा मारेको हो। जबराका भाइ प्रभुशमशेर जबरा तथा ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा समेत टोली पुगेको स्रोतले जनाएको छ। छापा क्रममा केही महत्त्वपूर्ण कागजात बरामद गरिएको बताइएको छ।

यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई उनकै निवासबाट मध्यराति पक्राउ गरी करिब १२ घण्टा नियन्त्रणमा लिएर छाडेको थियो।