२१ असाेज,काठमाडाैं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको शिक्षा क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायसहित मन्त्रालयमा पेश गर्न राजर्षी जनक विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।
बुधवार धनुषामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यस्ता निर्देशन दिएका हुन् । उनले शिक्षा ऐन निर्माणको प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै मधेसको शिक्षा क्षेत्रमा रहेका समस्या खोज तथा अध्ययनमार्फत पहिचान गर्न विश्वविद्यालयलाई निर्देशन दिए । मन्त्री पोखरेलले विश्वविद्यालयहरु पढ्ने र पढाउने कार्यमा मात्र सिमिति हुन नहुने पनि बताए । उनले सम्बन्धित क्षेत्रका समस्याको पहिचान गर्न खोज तथा अनुसन्धात्मक कार्यमा विश्वविद्यालयहरु लाग्नुपर्नेमा जोड दिए । उनले मधेस प्रदेशमा शिक्षाको गुणस्तर सुधारका लागि सरकारले गम्भीरताका साथ काम गरिरहेको पनि बताए ।
नयाँ विश्वविद्यालय स्थापनाका लागि भवन निर्माणको प्रक्रिया समेत अघि बढिसकेको जानकारी दिँदै उनले उपलब्ध स्रोत र क्षमताअनुसार सबै पक्षले काममा केन्द्रित हुनुपर्नेमा जोड दिए । मन्त्री पोखरेलले मधेसका विद्यार्थी उच्च शिक्षाका लागि काठमाडौं जानुपर्ने अवस्थालाई समेत सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले भने,‘अहिले शिक्षा ऐन निर्माणको क्रममा रहेको छ । मधेस प्रदेशमा शिक्षा क्षेत्रमा रहेका समस्याहरुको खोज र अध्ययनमार्फत पहिचान गरी मन्त्रालयमा पेश गर्नको लागि म राजर्षी जनक विश्वविद्यालयलाई अनुरोध गर्न चाहन्छु । हामीले शिक्षा क्षेत्रको सुधारका लागि गर्नुपर्ने कुराहरु धेरै छन् । हामीले शुरुवाती चरणमै रहेका छौँ । नयाँ विश्वविद्यालय स्थापनाको लागि भवनको प्रक्रिया समेत अगाडि बढिसकेको छ । हामीले काम गर्नुपर्ने धेरै छ । अहिले हामी सबैले आफ्नो सामथ्र्यले सक्ने जति सबै प्रकारका कामहरुमा फोकस हौँ । जनशक्ति व्यवस्थापनको कुरा त भइ नै हाल्छ । अहिले पनि मधेसका धेरै विद्यार्थी काठमाडौंमा इन्जिनियरिङ गरिरहनुभएको छ । मधेशमा राम्रो पढाइ हुन नसकेको कारणले मधेसमा पढाइ हुन नसक्नुको कारण र सम्भावनामा पनि हामीले काम गर्नुपर्यो । राजर्षि जनक विश्व्विद्यालय अरु विश्वविद्यालयको स्तरसम्म पनि कतिपय कुरामा पुग्न नसकेको कारणले अझै धेरै मेहेनत राजर्षि जनक विश्वविद्यालयले गर्नुपर्ने देखिन्छ ।’
राजर्षी जनक विश्वविद्यालयले अन्य विश्वविद्यालयको स्तरमा पुग्न अझै काम गर्नुपर्ने आवश्यकता रहेको पनि उनको भनाइ छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar