|  

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक सहभागी हुँदै भण्डारी

२१ असाेज, काठमाडाैं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भोलि बस्ने स्थायी कमिटी बैठकमा सहभागी हुने भएकी छन्।

एमालेको केन्द्रीय कमिटीले असोज ८ गते भण्डारीलाई पार्टीको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता मनोनीत गरेको थियो। वरिष्ठ नेताको जिम्मेवारी पाएपछि भण्डारी पहिलोपटक स्थायी कमिटी बैठकमा सहभागी हुन लागेकी हुन्। एमाले स्रोतका अनुसार भोलिको बैठकका एजेन्डा भने अझै तय भइसकेका छैनन्।