|  

मलेसियाले २७५ म्यानपावरबाट मात्रै नेपाली श्रमिक भर्ना गर्ने

२१ असाेज, काठमाडाैं । मलेसियाले आगामी ५ नोभेम्बरदेखि नेपालका २७५ वटा म्यानपावर कम्पनीमार्फत मात्रै श्रमिक भर्ना प्रक्रिया अघि बढाउने भएको छ।

मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) सञ्चालन गर्ने बेस्टिनेट कम्पनीले ६ अक्टोबरमा जारी गरेको मेमोमार्फत यस्तो जानकारी दिएको हो। एफडब्लुसिएमएसमा सुरुमा २५ म्यानपावर सूचीकृत थिए भने तिनकै रोहबरमा थप २५० कम्पनी जोडिएका छन्। नयाँ व्यवस्थाको नेपालसँग छलफल नगरी एकतर्फी रूपमा सीमित म्यानपावर छनोट गरिएको भन्दै विरोध भइरहेको छ। यसलाई लिएर मलेसियाले श्रमिक भर्नामा सिन्डिकेट गर्न खोजेको आरोपसमेत लागेको छ।

मेमोअनुसार १५ अक्टोबर २०२६ पुरानो प्रणालीबाट बायोमेडिकल दर्ताको अन्तिम मिति तोकिएको छ भने योग्य श्रमिकले ३१ अक्टोबरसम्म भिडिआर आवेदन अघि बढाउन सक्नेछन्। नयाँ प्रणाली लागू भएपछि पुरानो प्रक्रियाबाट नयाँ बायोमेडिकल दर्ता गर्न पाइने छैन।