|  

गगन थापा : सभापतिको जत्तिकै हक भुइँमा बस्ने कार्यकर्ताको पनि छ

२१ असाेज,काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा सभापतिदेखि भुइँ तहका कार्यकर्तासम्म सबैको समान हक र हैसियत रहेको बताएका छन्।

काठमाडौंमा जारी कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेस एउटै परिवार भएकाले अहिलेको प्रतिस्पर्धा पार्टीमा जिम्मेवारी कसले लिने भन्ने विषयमा मात्रै रहेको बताए । उनले  महाधिवेशनमा जित्नेले सबै र हार्नेले सबै गुमाउने अवस्था नहुने भन्दै सभापति वा अन्य पद निश्चित समयका लागि दिइने जिम्मेवारी मात्रै भएको उल्लेख गरेका छन् । ‘पार्टीभित्र मेरो जति हक र हैसियत छ, त्यति नै हक र हैसियत पार्टीको भुइँमा बस्ने साथीको पनि बराबर छ,’ थापाले भनेका छन्।