२१ असाेज,काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले संसदीय समिति भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताएका छन् ।
बुधवार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उपसमिति सदस्य महरले निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक तथा सम्बन्धित सामग्री खरिदसम्बन्धी उजुरीमाथि अध्ययन गर्न उपसमिति गठन गरी कार्यविधि टुंगो लगाइएको बताए । उनले उपसमितिले सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार खरिद प्रक्रिया, बजेट, बोलपत्र, ठेक्का, गुणस्तर, मूल्य निर्धारण र आपूर्ति व्यवस्थापनको अध्ययन बताए ।
अनियमितता देखिएमा थप अनुसन्धानका लागि सिफारिस गरिने बताउनु भयो । उजुरी वा आरोप नै अन्तिम निष्कर्ष नभएको बताउँदै उनले अध्ययन गर्दा संविधान, कानून र उचित प्रक्रियाको पूर्ण पालना गरिने स्पष्ट पारेका छन् । उनले भने, ‘निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक तथा सम्बन्धित सामग्री खरिदसम्बन्धी उजुरीमाथि अध्ययन गर्न उपसमिति गठन गरी कार्यविधि टुंगो लगाइएको छ । उपसमितिले सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार खरिद प्रक्रिया, बजेट, बोलपत्र, ठेक्का, गुणस्तर, मूल्य निर्धारण र आपूर्ति व्यवस्थापनको अध्ययन गर्नेछ । अनियमितता देखिएमा थप अनुसन्धानका लागि सिफारिस गरिनेछ । हामी भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीतिमा स्पष्ट छौँ । तर उजुरी वा आरोप नै अन्तिम निष्कर्ष होइन । अध्ययन गर्दा संविधान, कानून र उचित प्रक्रियाको पूर्ण पालना गरिनेछ । यो विषय कुनै व्यक्ति विशेषसँग जोडिएको होइन । राज्यका संस्थालाई पारदर्शी, जवाफदेही र सुदृढ बनाउँदै तथ्य र प्रमाणका आधारमा लेखा समितिको साझा निष्कर्षमा पुग्नु हाम्रो उद्देश्य हो ।’
प्रमुख सचेतक महरले यो विषय कुनै व्यक्ति विशेषसँग जोडिएको नभएको बताउँदै उहाँले ाज्यका संस्थालाई पारदर्शी, जवाफदेही र सुदृढ बनाउँदै तथ्य र प्रमाणका आधारमा लेखा समितिको साझा निष्कर्षमा पुग्नु आफूहरुको उद्देश्य भएको जिकिर गरे । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar