|  

म्यादी प्रहरीको पोसाक खरिद छानबिन सुरु, उपसमितिले कागजात अध्ययन थाल्यो

२१ असाेज, काठमाडाैं  । संघीय संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत म्यादी प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितता छानबिन गर्न गठित उपसमितिले काम सुरु गरेको छ।

उपसमितिको पहिलो बैठकपछि रास्वपाका सांसद खगेन्द्र सुनारले प्रहरी, सशस्त्र प्रहरी, सुरक्षा संयन्त्र र गृह प्रशासनबाट प्राप्त कागजातको प्रारम्भिक अध्ययन गरिएको जानकारी दिए। अब खरिद प्रक्रियामा संलग्न व्यक्तिहरूलाई बोलाएर सोधपुछ गर्ने र थप प्रमाण जुटाउने तयारी छ।

यसैबीच, आफूविरुद्ध साउदी अरेबियाको राजदूत नियुक्तिमा १० करोड रुपैयाँ लेनदेन गरेको आरोपको सुनारले खण्डन गरेका छन्। प्रहरी नेतृत्व र सीआईबीले आफूलाई बदनाम गराउन खोजेको आरोप लगाउँदै उनले आफूमाथि औपचारिक उजुरी परे छानबिनको सामना गर्न तयार रहेको बताए। सुनारले म्यादी प्रहरीको पोसाक खरिदमा भएको आर्थिक अनियमितताको तथ्य बाहिर ल्याएरै छाड्ने दाबीसमेत गरेका छन्।