२१ असाेज,काठमाडाैं । निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले १९ बुँदे कार्यविधि र कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।
बुधवार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठक कार्यविधि सर्वसम्मतिले पारित गरेको हो । समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले समय सिमित भएकाले प्राप्त कागजातको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढाउनु चुनौतिपूर्ण रहेको बताउनु भयो । उपसमितिको बैठक बुधवार पहिलो पटक बसेको र अब दशैँपछि मात्रै बस्ने जानकारी दिनुभयो । विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणहरूको अध्ययन गर्ने प्रक्रिया पनि तय गरिएको उहाँको भनाइ छ । प्राप्त सबै दस्तावेजको गोपनीयता कायम गर्दै सार्वजनिक लेखा समितिको सभाहलमै आवश्यक निगरानीका बीच अध्ययन गरिने उहाँले बताउनु भयो । कुनैपनि कागजात बाहिर लैजान वा सार्वजनिक गर्न नपाइने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘उपसमितिको आज पहिलो बैठक बसेको हो । बैठकले १९ बुँदे कार्यविधि र कार्यअवधि सर्वसम्मतिले पारित गरी सबै सदस्यले हस्ताक्षर गरेका छन् । विभिन्न निकायबाट प्राप्त कागजात तथा प्रमाणहरूको अध्ययन गर्ने प्रक्रिया पनि तय गरिएको छ । आगामी बैठक दशैँपछि बस्ने निर्णय भएको छ । उपसमितिको कार्यअवधि दुई महिना अर्थात मंसिर २० गतेसम्म रहेको छ । प्राप्त सबै दस्तावेजको गोपनीयता कायम गर्दै सार्वजनिक लेखा समितिको सभाहलमै आवश्यक निगरानीका बीच अध्ययन गरिनेछ । कुनैपनि कागजात बाहिर लैजान वा सार्वजनिक गर्न पाइनेछैन । अब मुख्य चुनौती कार्यविधि होइन, चाडपर्वका कारण हुने लामो बिदा र सदस्यहरूको जिल्ला भ्रमण हो । समय सिमित भएकाले प्राप्त कागजातको अध्ययनलाई प्रभावकारी रूपमा अघि बढाउनु हाम्रो चुनौती हुनेछ ।’
उपसमितिको कार्यअवधि दुई महिना (मंसिर २० गते) सम्म रहेको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar