|  

काठमाडौंको जडीबुटीमा गोली चल्यो, लुटेरा समूहका तीनजना पक्राउ

२२ असोज, काठमाडौं ।  कोटेश्वरस्थित जडीबुटी पुलमुनि लुटपाटमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ।

बिहीबार बिहान पक्राउ गर्न खोज्दा उनीहरूले प्रहरीमाथि खुकुरी प्रहार गरेपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलिप घिमिरेको कमान्डमा खटिएको टोलीले विभिन्न समयमा चोरी, डकैती र लुटपाटमा संलग्न फरार तथा मुख्य अभियुक्तहरूलाई नियन्त्रणमा लिएको हो ।

 घटनामा केही प्रहरी घाइते भएका छन्। घाइते प्रहरी तथा पक्राउ परेका व्यक्तिहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।