२२ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)बाट यस वर्ष ९५ हजार ५४० विद्यार्थी दीक्षित हुने भएका छन् ।
२०८२ साल असार १ गतेदेखि २०८३ साल असार मसान्तसम्म विभिन्न तह उत्तीर्ण गरेका कुल ९५ हजार ५४० विद्यार्थी दीक्षान्तका लागि योग्य रहेका छन् । योग्य विद्यार्थीमध्ये १५.१० प्रतिशत प्राविधिक र ८४.९० प्रतिशत साधारणतर्फका छन् ।
यस्तै, एमफिलतर्फ २५३, पीजीडीतर्फ १८४ र विद्यावारिधितर्फ १६६ जना रहेका छन्।संकायगत रूपमा सबैभन्दा धेरै विद्यार्थी व्यवस्थापन संकायबाट ४३ हजार १४२ जना दीक्षान्तका लागि योग्य भएका छन्। शिक्षाशास्त्र संकायबाट १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्र संकायबाट १५ हजार ४४१ र कानुन संकायबाट ३ हजार १ जना रहेका छन्।
त्यस्तै, विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानबाट ५ हजार १६०, चिकित्साशास्त्र अध्ययन संस्थानबाट १ हजार ९२०, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट ४६३ र वन विज्ञान अध्ययन संस्थानबाट १९२ विद्यार्थी दीक्षान्तका लागि योग्य भएका छन्।२०८३ साल पुसमा काठमाडौंमा मूल दीक्षान्त समारोह आयोजना गर्ने तयारी भइरहेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar