|  

सार्वजनिक सवारीमा महिला यात्रुलाई क्याबिन सिटमा नराख्न महासंघको निर्देशन

२२ असोज, काठमाडौं ।  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातका क्याबिन सिटमा महिला यात्रुलाई नराख्न देशभरका यातायात व्यवसायीलाई निर्देशन दिएको छ।

महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’का अनुसार महिलाको सुरक्षा र सहजतालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो।

दसैँ–तिहारमा यात्रुको चाप बढ्ने भएकाले महिला यात्रुलाई क्याबिनमा कोचेर लैजाने प्रवृत्ति रोक्न अग्रिम बुकिङमा निगरानी बढाइएको महासंघले जनाएको छ।

महासंघले टिकट काउन्टरमा महिलाका लागि छुट्टै र सुरक्षित सिट अनिवार्य गर्दै यात्रुलाई टिकट काट्दा नै आफ्नो सिट नम्बर र स्थान निश्चित गर्न आग्रह गरेको छ।