|  

विद्या भण्डारीले लिइन् शपथ

२२ असोज, काठमाडौं ।  नेकपा (एमाले)का वरिष्ठ नेता विद्या भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले शपथ गराएका हुन् ।

पार्टीका पूर्वउपाध्यक्ष भण्डारीलाई एमालेले यही असोज ८ गते वरिष्ठ नेता बनाएको थियो । उनको वरीयता ओलीपछि हुने गरी तोकिएको छ ।