२२ असाेज, काठमाडाैं । चाडपर्व नजिकिएसँगै काठमाडौं महानगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।
चाडवाडको समयमा हुनसक्ने कालोबजारी, म्याद सकिएका वस्तुको बिक्री र मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले महानगरको टोलीले बिहीबार सामाखुशी लगायतका क्षेत्रमा स्थलगत अनुगमन गरेको हो । दशैँ, तिहार र छठजस्ता मुख्य चाडपर्वहरू नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुहरूको माग बढ्ने गर्दछ । यही मौका छोपी केही व्यवसायीले म्याद सकिएका, गुणस्तरहीन र अस्वस्थकर वस्तुहरू विक्री गर्ने सम्भावना रहने भएकाले महानगरले विशेष टोली परिचालन गरेको हो । बिहीवार सामाखुशी क्षेत्रका पसल र व्यावसायिक प्रतिष्ठानहरूमा गरिएको अनुगमनका क्रममा महानगरको टोलीले खाद्य वस्तुको म्याद, मूल्यसूचीको उपलब्धता र पसल दर्ता प्रमाणपत्रको जाँच गरेको थियो । महानगरकाअनुसार उपभोक्ताको स्वास्थ्य र हितलाई ध्यानमा राख्दै अनुगमनलाई निरन्तरता दिइनेछ । अनुगमन टोलीले नियमविपरित व्यापार गरिरहेका व्यवसायीलाई सचेत गराउनुका साथै कानूनबमोजिम कारबाहीको चेतावनी समेत दिएको छ । महानगरका अधिकारीहरूले उपभोक्तालाई पनि सामान खरिद गर्दा लेबल, उत्पादन मिति र म्याद सकिने मिति अनिवार्य रूपमा हेर्न आग्रह गरेका छन् । यस प्रकारको अनुगमनले चाडपर्वको समयमा बजारमा हुने विकृति रोक्न मद्दत पुग्ने विश्वास महानगरको छ । –न्युज एजेन्सी नेपाल





Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar