२२ असाेज, काठमाडाैं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाली काँग्रेसले अब जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह र विकासमा ‘डेलिभरी’ दिनुपर्ने बताएका छन् ।
काँग्रेसले अब विगतका कामको चर्चा गरेर मात्रै नहुने उनले बताए । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रिय कार्यसमितिको खुला सदस्य पदमा उम्मेदवारी दिनुभएका महर्जनले आफू दुई कार्यकाल ललितपुर महानगरपालिकाको प्रमुखका रूपमा काम गरेको अनुभव पार्टीको नीति निर्माण र कार्यसम्पादनमा उपयोग गर्न उम्मेदवारी दिएको बताए । अहिलेका युवा पुस्ता तथा आम नागरिकले भाषण र आश्वासनभन्दा कामको परिणाम खोजिरहेको उल्लेख गर्दै काँग्रेस नेतृत्वले त्यसअनुसार काम गर्नुपर्ने उनले बताए । काँग्रेसले विगतमा आफूले गरेका कामको विवरण प्रश्तुत गरेर मात्र अबको राजनीतिक चुनौती सामना गर्न नसक्ने उनको भनाइ छ । काँग्रेसले आगामी दिनमा देश विकासका लागि स्पष्ट योजना, नीति र दृष्टिकोणसहित अघि बढ्नुपर्ने बताए । महाधिवेशनले मुलुकको विकासका लागि प्रभावकारी योजना र नीति निर्माण गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने उनको भनाइ छ । उनले काँग्रेसप्रति युवाको काँग्रेसप्रतिको आकर्षण बढ्दै गएको पनि बताए ।काँग्रेस सभापतिमा गगन थापा आउने अपेक्षाले युवामा नयाँ उत्साह देखिएको उनको भनाई छ ।
साथै पार्टीको संशोधित विधानले युवालाई समेट्ने गरी व्यवस्था गरेको पनि उनले बताए । उनले पार्टीलाई एकताबद्ध र संगठित बनाउने विषय पनि आफ्नो प्राथमिकतामा रहेको बताए । पार्टीभित्र दुई खेमाको अवस्था देखिएकोले त्यसलाई एकीकृत गर्दै प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाई छ । उनले भने,‘जनतालाई डेलिभरी चाहिएको छ । कुरा होइन, गफ होइन, काम चाहिएको छ । दुई पटक मेयर भएर काम गरेको अनुभवलाई अब काँग्रेसको केन्द्रीय कार्यसमितिमा उपयोग गर्न चाहन्छु । मैले यो गरेँ, त्यो गरेँ भनेर अब काम बन्दैन । अब डेलिभरी दिन सक्ने गरी काम गर्न सक्नुपर्छ । गगन थापाजी सभापतिमा आउँदै हुनुहुन्छ भन्ने कुराले युवाहरू तरङ्गित भएका छन्, पार्टीको संशोधित विधानले पनि युवाहरूलाई प्रचुर मात्रामा सम्बोधन गरेको छ र युवाहरूलाई पार्टीमा ल्याउन क्लस्टरसमेत बनाएको छ ।’
उनले काँग्रेसको महाधिवेशनबाछ चर्चित अनुहारभन्दा काम गरेर देखाएका र सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिए । चर्चित अनुहारले मात्रै डेलिभरी गर्न नसक्ने उनको भनाई छ । उनले महाधिवेशन प्रतिनिधिहरूलाई ‘टेस्टेड’ र नयाँ सम्भावना बोकेका दुवै खालका सक्षम व्यक्तिलाई मूल्याङ्कन गरेर छनोट गर्न आग्रह गरे । योग्य र काम गर्नसक्ने नेतृत्व चयनबाट काँग्रेसको भविष्य निर्धारण हुने उनको भनाई छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar