|  

चाडपर्वमा हवाई भाडा बढेको गुनासोपछि क्यान सक्रिय, सस्तोमा टिकट बेच्न आग्रह

२२ असाेज, काठमाडाैं । चाडपर्व नजिकिएसँगै हवाई टिकटको भाडा बढेको गुनासो आएपछि प्रधानमन्त्री बालेन शाहको निर्देशनमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीसँग छलफल गरेको छ।

पर्यटनमन्त्री खडकराज पौडेलको सक्रियतामा भएको छलफलमा स्वीकृत अधिकतम भाडाभन्दा बढी नलिने, सम्भव भएसम्म सस्तो दरमा टिकट बिक्री गर्ने र उपलब्ध भाडादरबारे बिक्री प्लेटफर्ममै स्पष्ट सूचना राख्ने सहमति भएको क्यानले जनाएको छ। २०७२ सालमा निर्धारण गरिएको न्यूनतमदेखि अधिकतम भाडादरअनुसार काठमाडौंबाट धनगढीको अधिकतम हवाई भाडा २२ हजार १८० रुपैयाँ तोकिएको छ। चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले तोकिएको सीमाभन्दा बढी भाडा नलिन क्यानले वायुसेवा कम्पनीलाई आग्रह गरेको छ।