|  

पोखरामा स्कुल बस दुर्घटना, तीन जनाको मृ#त्यु

२३ असोज, काठमाडौं । पोखरामा स्कुल बस दुर्घटनामा परेको छ । पोखरा २८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस दुर्घटना भएको हो ।

कालिकास्थित ओख्लेको भीरबाट बस पल्टिएको प्रहरीले जानकारी दिएको छ । बसमा २० भन्दा बढी विद्यार्थी रहेको बताइएको छ । ग २ ख १४१७ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मध्ये १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ भने तीन जनाको गण्डकी मेडिकल कलेजमा भइरहेको छ।

गण्डकी अस्पतालमा उपचारका लागि ल्याइएका तीन जनाको मृत्यु भएको हो ।