|  

सशस्त्रका एआईजी वंशी दाहालले स्विकारे इनमसँगको संवाद

२३ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरी कार्यालयमा भेटेपछि छानबिनमा तानिएका सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहालमाथिको जाँचबुझ सकिएको छ।

एआईजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले छानबिन पूरा गरी गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ।

गृह मन्त्रालयले असोज १९ गते दाहाललाई निलम्बन गर्दै पोखरेललाई जाँचबुझ अधिकृत तोकेको थियो। छानबिनका क्रममा दाहाल र जबरानिकट भनिएका इनम सापकोटाबीच सम्बन्ध रहेको पाइएको समितिको निष्कर्ष छ।

बयानका क्रममा दाहालले सापकोटासँग ह्वाट्सएप र मोबाइलमार्फत संवाद हुने गरेको स्वीकार गरेका छन्।

दुवै झापाका बासिन्दा भएकाले चिनजान र जिल्लावासीको नाताले कुराकानी हुने गरेको उनले बताएका छन्।