२३ असाेज, काठमाडाैं । काठमाडौं महानगरपालिकाले आफ्नो अमूर्त सांस्कृतिक सम्पदा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘सम्यक महादान’ कार्यक्रमलाई पुनर्जीवित गर्ने भएको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भौतिक संरचनाको पुनर्निर्माणसँगै त्यसको मर्मका रूपमा रहेका अमूर्त परम्पराहरूको निरन्तरता अपरिहार्य रहेको बताएका हुन् । उनले महानगरले यसको नीतिगत र व्यावहारिक नेतृत्व गर्ने जानकारी दिए । काठमाडौं महानगरपालिकाले प्राचीन सांस्कृतिक परम्परा सम्यक महादानको संरक्षण र पुस्तान्तरणका लागि विशेष कार्ययोजना अघि सारेको छ । कार्यवाहक मेयर डंगोलकाअनुसार हालसम्म महानगरले धेरै भौतिक सम्पदा र मठ–मन्दिरको पुनर्निर्माण गरिसकेको छ, तर शरीर जस्तै भौतिक संरचनामा ‘प्राण’ भर्न अमूर्त संस्कृति जीवित रहनुपर्छ । सम्यक महादानलाई भव्य रूपमा सञ्चालन गर्न महानगरले ३०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । यो समितिले सम्यक महादानको धार्मिक, ऐतिहासिक र सांस्कृतिक मूल्यलाई जोगाउँदै यसलाई व्यवस्थित बनाउनेछ । महानगरले यस कार्यमा सुरक्षा व्यवस्थादेखि नीतिगत र आर्थिक सहजीकरणसम्मको जिम्मेवारी लिने भएको छ ।
पछिल्लो समय युवा पुस्तालाई यस्ता परम्परासँग जोड्न महानगर सफल भएको छ । उदाहरणका लागि, मुहाली बाजाको परम्परा लोप हुने अवस्थामा पुगेपछि स्थानीय युवाहरूको सहकार्यमा त्यसलाई पुनर्जीवित गरिएको छ । यही मोडललाई अपनाउँदै सम्यक महादानलाई पनि नयाँ पुस्तामाझ पु¥याउने लक्ष्य राखिएको डंगोलले बताए । यस अभियानमा विभिन्न उप-समितिहरू गठन गरी काम शुरु भइसकेको छ । सम्बन्धित समुदायका गुठियारहरू, द्यः (देवता) थुवाहरू र स्थानीय बुद्धिजीवीहरूसँगको समन्वयमा महादानलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिवद्धता महानगरले व्यक्त गरेको छ । सम्पदा संरक्षण केवल संरचना निर्माणमा सीमित नभएर संस्कारको निरन्तरतामा केन्द्रित हुनुपर्ने महानगरको स्पष्ट नीति छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar