|  

एमालेको स्थायी कमिटी बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित

२३ असोज,काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि फेरी बस्ने गरी स्थगित भएको छ ।

हिजोदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थायी कमिटी बैठक बसेको हो । अब अर्को बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने बताइएको छ । स्थायी कमिटीको यो दोस्रो दिनको बैठक हो । हिजोदेखि जारी बैठकमा पूर्वराष्ट्रपति समेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी पनि सहभागी छिन् । वरिष्ठ नेतामा मनोनीत भएपछि भण्डारी पहिलोपटक पार्टी बैठकमा सहभागी भएकी हुन् ।