|  

आइतबारदेखि उपत्यकाका ६ स्थानमा ग्यास बिक्री र सिलिन्डर साटफेर

२३ असाेज, काठमाडाैं । काठमाडौं उपत्यकामा चाडपर्वका बेला ग्यास आपूर्ति सहज बनाउन असोज २५ देखि ३१ गतेसम्म ६ स्थानबाट एलपी ग्यास बिक्री तथा सिलिन्डर साटफेर गरिने भएको छ।

नेपाल एलपी ग्यास उद्योग संघका अनुसार सेवा दैनिक बिहान ९:३० देखि अपराह्न ४:३० बजेसम्म सञ्चालन हुनेछ। ग्यास बिक्री तथा साटफेरका केन्द्रहरू सिफलचौर, पेप्सीकोला, बालाजु औद्योगिक क्षेत्र, सुकेधारा, कलंकी र ललितपुरको हरिसिद्धिमा तोकिएका छन्। यी केन्द्रमा संघका सदस्य उद्योगका तोकिएका ब्रान्डका सिलिन्डर मात्र साटफेर हुनेछन्। अन्य स्थानमा यस्तो सुविधा उपलब्ध नहुने संघले जनाएको छ।