|  

राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश

२३ असाेज, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्।

सरकारले तीनवटा अध्यादेश सिफारिस गरे पनि राष्ट्रपतिबाट एउटा मात्रै जारी भएको हो। भोटेकोशी बाढीलाई मध्यनजर गर्दै ल्याइएको अध्यादेशमा विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने व्यवस्था समेटिएको छ। भूमिसम्बन्धी र वनसम्बन्धी ऐन संशोधन गर्ने अध्यादेश भने राष्ट्रपति कार्यालयमा अध्ययनकै क्रममा रहेका छन्।