|  

एआईजी वंशीराज दाहाल सशस्त्र प्रहरी सेवाबाट बर्खास्त

२४ असोज, काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको छ।

स्रोतका अनुसार असोज २३ गतेदेखि लागू हुनेगरी उनलाई विभागीय कारबाही गरिएको हो। गृह मन्त्रालयका अनुसार दाहालले आचरण र अनुशासन उल्लंघन गर्नुका साथै नेपाल सरकार तथा संगठनको मानप्रतिष्ठा र छविमा आँच पुग्ने कार्य गरेका थिए।

यसअघि यही कसुरमा उनलाई निलम्बन गरिएको थियो। उनीमाथि छानबिन गरी प्रतिवेदन तयार भएपछि मन्त्रालयले सेवाबाटै बर्खास्त गर्ने निर्णय गरेको हो।