|  

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

२४ असोज, काठमाडौं ।  जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव रहेको छ।

हाल बागमती, गण्डकी र लुम्बिनीका केही स्थानसहित विभिन्न प्रदेशमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।