|  

पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

२४ असोज, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

पहिरो हटाएर सडक सञ्चालन गर्ने प्रयास भइरहेको छ। निरन्तर वर्षाका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

राजमार्गका अन्य स्थानमा समेत अवरोध हुन सक्ने भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ।