|  

ट्रम्पले गरे रुसबाट डिजेल आयात गर्ने सम्झौताः  जेलेन्स्कीको आपत्ति

२४ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात गर्ने सम्झौता घोषणा गरेका छन् ।

अमेरिकामा इन्धनको मूल्य बढिरहेका बेला ट्रम्पको निर्णयप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आपत्ति जनाएका छन् । उनले यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई दिइएको उपहार भन्दै युद्ध लम्ब्याउने लगानीको संज्ञा दिएका छन्।

ट्रम्पका अनुसार रुसले तत्काल तीन लाख टन डिजेल उपलब्ध गराउनेछ। त्यसपछि नोभेम्बरमा पाँच लाख टन र थप १० लाख टन आपूर्ति गरिनेछ। साथै, रुसी तेल प्रशोधन केन्द्रको अवस्थाअनुसार थप ३० लाख टन डिजेल उपलब्ध गराउने योजना छ।

सम्झौताअन्तर्गत अमेरिकी अर्थ मन्त्रालयले रुसी डिजेल निर्यातमाथिको प्रतिबन्ध आगामी अप्रिल ७ सम्म अस्थायी रूपमा निलम्बन गरेको बताइएको छ।