|  

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

२४ असोज, काठमाडौं । ग्यास सिलिन्डर साट्न समस्या भोगिरहेका उपभोक्ताले आइतबारदेखि काठमाडौँ उपत्यकाका ६ स्थानबाट १३ वटा कम्पनीका सिलिन्डर साटफेर गर्न सक्ने भएका छन्।

नेपाल एलपी ग्यास उद्योग सङ्घले नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासङ्घको सहकार्यमा उक्त व्यवस्था मिलाएको हो । उपभोक्ताले बिहान ९ः३० देखि अपराह्न ४ः३० बजेसम्म सिलिन्डर साट्न सक्नेछन्।

सिफल, पेप्सीकोला, बालाजु औद्योगिक क्षेत्र, सुकेधारा, कलङ्की र ललितपुरको हरिसिद्धिमा साटफेर केन्द्र तोकिएको छ। सङ्घका अनुसार ती केन्द्रमा उपत्यकामा बिक्री वितरण हुने सदस्य उद्योगका सिलिन्डर मात्र साट्न सकिनेछ।