२३ असाेज, काठमाडौं । चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित तीन राजदूतको संसदीय सुनुवाइ असोज २६ गते हुने भएको छ।
संसदीय सुनुवाइ समितिले बिहान सवा ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक बोलाएको छ। चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा र बेलायतका लागि गौरवशमशेर जबरा राजदूतमा प्रस्तावित छन्। शर्मा नेपाल-चीन सम्बन्धका विज्ञ तथा अर्थशास्त्री हुन्। उनले चीनको फुदान विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। थापा राष्ट्रिय सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुन्। उनीसँग सुरक्षा नीति, संकट व्यवस्थापन र कूटनीतिमा दुई दशकको अनुभव छ।
त्यस्तै, बेलायतका लागि प्रस्तावित जबरा नेपाली सेनाका पूर्वप्रधानसेनापति हुन्। उनले सेना समायोजन, सैन्य सुधार तथा २०७२ सालको भूकम्पपछिको उद्धार कार्यमा नेतृत्व गरेका थिए। संसदीय सुनुवाइपछि उनीहरूको राजदूत नियुक्तिको प्रक्रिया अघि बढ्नेछ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar