|  

कुलमान घिसिङको आग्रह : सरकारलाई काम गर्ने अवसर दिऔँ, जनताका समस्या समाधानमा ध्यान देऊ

२४ असाेज, काठमाडाैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारका सकारात्मक प्रयासलाई सहयोग गर्दै काम गर्ने अवसर दिनुपर्ने बताएका छन्।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र बन्द उद्योग सञ्चालनका प्रयास सकारात्मक भए पनि सबै काम कानुनसम्मत हुनुपर्नेमा जोड दिए। घिसिङले महँगी नियन्त्रण, कृषि क्षेत्रमा मल-बीउको सहज उपलब्धता र जनतालाई प्रत्यक्ष असर पार्ने क्षेत्रमा करको बोझ नथप्न सरकारलाई सुझाव दिए। कानुन निर्माणसँगै प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै उनले जनतामा आशा जगाउने गरी सरकारले काम गर्नुपर्ने बताए।

साथै, उनले उज्यालो नेपाल पार्टीको सङ्गठन तथा सदस्यता विस्तार देशभर तीव्र रूपमा भइरहेको जानकारी दिए।