२४ असाेज, काठमाडाैं । नेकपा एमालेका सचिव महेश बस्नेतले महँगीले जनताको दैनिक जनजीवन अस्तव्यस्त बनेको बताउनुभएको छ ।
नेकपा एमाले वागमती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रममा उहाँले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गर्नुभयो । दशैँ, तिहार, छठ जस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा बढ्दो महंगीले सर्वसाधारणलाई थप आर्थिक भार परेको उहाँको भनाई छ । अघिल्लो वर्ष सहज रूपमा चाडपर्व मनाएका नागरिक यसवर्ष महंगीले चाडपर्व मनाउन नसक्ने अवस्थामा पुगेको उहाँले बताउनु भयो । ग्यासको अभावमा उपभोक्ता अझै लाइन बस्नुपर्ने अवस्थामा रहेको उहाँको भनाई छ ।उहाँले भन्नुभयो, ‘जनताले विकास, समृद्धि, सुखका सबै कुराहरु बिर्सिसकेका छन् । आज जनताहरु यति धेरै आतंकित छन् कि अब हामीलाई आतंक मुक्त वातावरण चाहियो भनिरहेका छन् । अब हामीलाई शान्ति सुरक्षा चाहियो भनिरहेका छन् । र हिजोको जनताको मागका इस्युहरु नै डाइभर्ट भएको स्थिति छ । दसैँ, तिहार, छठ, ल्होसार लगायतका पर्वहरु आइरहँदा महङ्गीले जनताको टाउकोमा यति भार थपेको छ कि अघिल्लो वर्ष जुन सहजताका साथ जनताहरुले यी पर्वहरु मनाएका थिए, यसपालि त्यो सहजताका साथ यो पर्व मनाउन सक्ने अवस्था छैन । ग्यास नपाएर लाइन बस्नुपर्ने अवस्था छ । खाद्य सामग्रीको मूल्य दुई सय प्रतिशत भन्दा बढी बढेको छ । दैनिक जबन जनजीवन निकै अस्तव्यस्त छ ।’
उहाँले जनता पछिल्लो समय आतंकित बनेको बताउनु भयो । सरकारको रबैयाका कारण जनताले शान्ति सुरक्षा, विकास र समृद्धिका कुरा नै बिर्सिसकेको उहाँको दाबी छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar