|  

मानसिक स्वास्थ्यमा विभेद अन्त्य गर्न मानव अधिकार आयोगको जोड

२४ असाेज, काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्तिको अधिकार संरक्षण गर्दै उपचार र परामर्श सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराएको छ।

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा शनिबार विज्ञप्ति जारी गर्दै आयोगले सबै स्थानीय तहमा मनोसामाजिक परामर्शका लागि आवश्यक जनशक्ति व्यवस्था गर्न आग्रह गरेको हो। मानसिक स्वास्थ्य सेवामा सीमित पहुँच, सामाजिक लाञ्छना, विभेद र आर्थिक कठिनाइका कारण प्रभावित व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रभावित भइरहेको आयोगले जनाएको छ। आयोगले मानसिक स्वास्थ्य सेवामा गुणस्तर र समान पहुँच कायम गर्न तथा प्रभावित व्यक्तिको गोपनीयता, आत्मसम्मान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ।