|  

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

२५ असोज, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकामा बूढीगण्डकी नदीको बाढीले पैयू र बगरका ३५ घर बगाएको छ ।

दोभान, घट्टेखोला, जगत्, सल्लेरी र चुमनुब्री–३ का बजारमा पनि व्यापक क्षति पुगेको छ। बिहान ४ बजे बाढी पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ भागेका थिए।

बाढीको जोखिमलाई ध्यानमा राख्दै खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।