|  

आईसीसी विश्वकप क्रिकेट लिग-२ः क्यानडासँग आज प्रतिस्पर्धा गर्दै नेपाल

२५ असोज, काठमाडौं ।  अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज (आइतबार) क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र क्यानडाबीचको यो प्रतिस्पर्धा जारी त्रिकोणात्मक शृंखलाको पहिलो भेट हो। दुवै टोलीले यस शृंखलामा ओमानसँग पनि खेल्नेछन्।