|  

पूर्वराजाले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका–जमरा नलगाउने

२५ असोज, काठमाडौं ।  पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका र जमरा नलगाउने भएका छन्।

देशका विभिन्न भागमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएकाले दशैं सादगीपूर्वक मनाउने निर्णय गरिएको निर्मल निवासस्थित संवाद सचिवालयले जनाएको छ।

निर्मल निवासस्थित संवाद सचिवालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार हिमपहिरो, भीषण बाढी र अविरल वर्षाका कारण सयौँ नागरिकको मृत्यु भएको, हजारौँ विस्थापित भएका तथा ठूलो मात्रामा भौतिक क्षति पुगेकाले सर्वसाधारणलाई टीका र जमरा प्रदान गर्ने कार्यक्रम स्थगित गरिएको हो।