|  

बुढीगण्डकी बाढीको मूल स्रोत हिमालःत्रिशूली नदीमा मिसिने, चितवनसम्म जोखिम

२५ असोज, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा हिमाली नदीमा आएको बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ ।

नदीको मूल स्रोत हिमाली क्षेत्र हो । बाढीको उत्पत्ति र क्षतिको अवस्थाबारे थप जानकारी संकलन भइरहेको बताइएको छ । नदीको माथिल्लो क्षेत्रबाट तल्लो भागसम्म बाढी पुग्न करिब दुई घण्टा लाग्ने भएकाले जोखिममा रहेका क्षेत्रका बासिन्दालाई सुरक्षित गर्न प्रयास भइरहेकोछ ।

सर्ती खोलाबाट सुरु भएको बाढीको प्रभाव सिर्दिबास, जगत, यारु, तातोपानी, माछाखोला, सोती, आरुखेत र आरुघाटसम्म पर्न सक्ने देखिएको छ।

त्यसपछि नदी त्रिशूलीमा मिसिने भएकाले तल्लो तटीय क्षेत्रसम्म सतर्कता आवश्यक रहेको स्रोतले जनाएको छ ।