|  

चुमनुब्रीकी उपाध्यक्ष गुरुङ भन्छिन्ः भोटेकोशीको झल्को दिनेगरी बाढी आएको छ

२५ असोज, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको ठूलो आकस्मिक बाढी आएको छ।

गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार बाढीले दर्जनौँ घर बगाएको छ। उनले आज बिहान आएको बाढी १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी जस्तै रहेको बताइन्।

बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन हुन बाँकी रहेको उनले जानकारी दिइन्।