|  

बूढीगण्डकी बाढीः चुम्चेतमा ५ गोठाला सम्पर्कविहीन, बस्तीमा ठूलो क्षति

२५ असोज, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदी क्षेत्रमा आएको बाढीपछि ५ जना गोठाला सम्पर्कविहीन भएका छन् ।

चुमनुब्री गाउँपालिका–६ स्थित चुम्चेत उजेलुङ खोला आसपास क्षेत्रबाट ५ जना गोठाला सम्पर्कविहीन भएका हुन् । बूढीगण्डकी नदीमा आएको ठूलो बाढीका कारण ५ जना गोठाला सम्पर्कविहीन भएका हुन् ।

उक्त क्षेत्रमा गोठालो गएका नागरिकहरू सम्पर्कविहीन भएको खबर आएको छ । ४ बजेर २५ मिनेटमा चुमनुब्री गाउँपालिका–६ चुम्चेत उजेलुङ खोला क्षेत्रमा भूकम्पको जस्तै ठूलो आवाज आएर सुक्खा पहिरो खसेको थियो ।

सो पहिरोले केही समय बूढीगण्डकी र स्यारखोला थुनिएपछि पछि फुटेर आउँदा नदी तटीय क्षेत्रमा ठूलो विध्वंस मच्चाएको हो ।