|  

बूढीगण्डकी बाढी अपडेट:६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

२५ असोज, काठमाडौं ।  बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।

बाढीले गोरखा र धादिङ जोड्ने विभिन्न पुलमा क्षति पुर्‍याएको हो।बाढीले आरुघाट–त्रिपुरासुन्दरी र सोती–मान्बु जोड्ने पक्की पुल तथा धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज बगाएको छ।

माछिखोला–केरौँजा, चुमनुब्रीको ठाडो भर्‍याङ–जगत र सिर्दिबासको घट्टेखोला–फिलिम जोड्ने झोलुङ्गे पुलसमेत बगेका छन्।

बाढीले चुमनुब्री गाउँपालिका–३ का पैयुँ र बगरका करिब ३५ घर बगाएको छ। जगत्, सल्लेरी, दोभान र घट्टेखोला गाउँमा समेत क्षति पुगेको छ।