|  

बाढी प्रभावित क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिने

२५ असोज, काठमाडौं ।  बाढी प्रभावित क्षेत्रमा जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको उद्धारका लागि सरकारले विशेष व्यवस्था गरेको छ।

महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको जीवनरक्षालाई प्राथमिकता दिँदै आवश्यक परे हवाई उद्धार गरिने जनाएको छ।

बाढीका कारण सडक तथा यातायात अवरुद्ध भई स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ भएका र ज्यान जोखिममा रहेका महिलालाई समयमै उद्धार तथा स्वास्थ्य सहायता उपलब्ध गराउन मन्त्रालयले ९८५१२५५२५४ नम्बर सार्वजनिक गरेको छ।