|  

बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको सेनाले गर्‍यो उद्धार

२५ असोज, काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीमा फसेका ३६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चारवटा हेलिकप्टर र स्थलमार्गमा खटिएका फौज परिचालन गरी उनीहरूको उद्धार गरिएको हो।

सेनाले चुमनुब्रीको जगतबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायुँबाट १२ जनाको उद्धार गरेको जनाएको छ।

नेपाली सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सरोकारवालासँगको समन्वयमा थप खोज तथा उद्धार कार्य जारी राखेको छ।