२५ असाेज, काठमाडाैं । भोटेकोशी बाढीका कारण अवरुद्ध नेपाल-चीन जोड्ने प्रमुख सडकमार्ग पुनः सञ्चालनमा आएको छ।
नुवाकोट र रसुवा जोड्ने बेत्रावतीस्थित फलाखु खोलामा नेपाली सेनाले बेलिब्रिज निर्माण सम्पन्न गरेसँगै आइतबारदेखि गल्छी-त्रिशूली-बेत्रावती-रसुवागढी सडकखण्डमा सवारी आवागमन खुलेको हो। गत भदौ १० गते आएको भीषण बाढीले बेत्रावतीका दुईवटा पक्की पुल बगाएपछि सडक सम्पर्क टुटेको थियो। त्यसयता यात्रु आवागमनसँगै खाद्यान्न तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या हुँदै आएको थियो।
सरकारको जिम्मेवारीअनुसार नेपाली सेनाले असोज २० गतेदेखि निर्माण थालेको ७३ दशमलव २ मिटर लामो र ५ दशमलव ५ मिटर चौडा बेलिब्रिज सम्पन्न गरेको हो। पुलको भारवहन क्षमता ४० टन रहेको छ।निर्माण सम्पन्न भएपछि सेनाका उपरथी अनुपजंग थापाले पुल सडक आयोजना कार्यालयलाई हस्तान्तरण गरेका थिए। पुल सञ्चालनमा आएसँगै बाढीले विच्छेद गरेको नुवाकोट-रसुवा सडक सम्पर्क पुनः जोडिएको छ भने स्थानीयवासी, यात्रु तथा मालवाहक सवारीसाधनलाई ठूलो राहत पुगेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar