२५ असाेज, काठमाडाैं । एभरेष्ट मल्टिस्किल्स प्रालिले भक्तपुरको दधिकोटमा अन्तर्राष्ट्रियस्तरको प्राविधिक तथा सीपमूलक प्रशिक्षण केन्द्र संचालनमा ल्याएको छ ।
तालिम केन्द्रको आज एक कार्यक्रमका बीच युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शुभारम्भ गरेका हुन् । तालिम केन्द्रले स्वदेश तथा वैदेशिक श्रम बजारका लागि दक्ष, अनुशासित र कार्यस्थलमा प्रत्यक्ष खटिन सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । कम्पनीका निर्देशक अनन्तराम खतिवडाले प्लम्बिङ, स्काफोल्डिङ, इन्सुलेसन, पेन्टिङ र केयरगिभर लगायतका विभिन्न विधामा तालिम सञ्चालन गर्ने जानकारी दिए । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट ३० वटा ट्रेडमा सम्बन्धन प्राप्त गरेको उनले बताए ।
सम्बन्धन प्राप्त गरेका सबै विधाका तालिम सञ्चालन गर्ने उनको भनाई छ । उनकाअनुसार तालिम केन्द्रमा १ सय ५० शैय्याको आवासीय सुविधा पनि उपलब्ध छ । प्रशिक्षार्थीलाई प्राविधिक सीपसँगै अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यक कार्यअनुशासन, व्यावसायिक आचरण र सहकार्यको संस्कृतिसमेत सिकाइने उनले जानकारी दिए । उनले भने,‘हामीले भक्तपुरको दधिकोटमा ५६ हजार ७६० वर्ग फिट क्षेत्रफलमा फैलिएको यो अत्याधुनिक अन्तर्राष्ट्रियस्तरको आवासीय क्याम्पस खडा गरेका छौँ । हामीले ११ हजार ५२८ वर्ग फिट फिटको विशाल इन्डोर स्काफोल्डिङ ट्रेनिङको लागि हल संरचना गरेका छौँ । साथै सिटिइभिटीका विभिन्न ३० वटा ट्रेडहरूमा सम्बन्धन लिएर हामीले प्लम्बिङ, स्काफोल्डिङ, इन्सुलेसन, पेन्टिङ, केयरगिभर जस्ता विभिन्न कार्यक्रमहरूलाई एकैपटक समानान्तर रूपमा सञ्चालन गर्न सक्ने क्षमता हामीले तयार गरेका छौँ । हामी कुनै मेनपावर व्यवसायी होइनौँ । हामी देश र विश्व बजारका लागि साइट–रेडी ग्लोबल वर्कफोर्स उत्पादन गर्ने एउटा अत्याधुनिक प्राविधिक प्रशिक्षण संस्था हौँ । हाम्रो १५० बेडको आवासीय आवासीय सुविधा भएको क्याम्पस हो, यहाँ युवाहरूले केवल सिपहरू मात्र सिक्नुहुन्न, अन्तर्राष्ट्रियस्तरको कडा कार्य अनुशासन र व्यावसायिक आचरणमा सिक्नुहुनेछ ।’
उनले तालिम केन्द्रमा सहकार्य गर्न सरकार, नियामक निकाय तथा वैदेशिक रोजगार क्षेत्रका सरोकारवालासँग आग्रह पनि गरे । सीप विकास र सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सरकारी नीति तथा कार्यक्रम कार्यान्वयनमा निजी क्षेत्रका प्राविधिक प्रशिक्षण संस्थाको भुमिका महत्वपूर्ण हुने उनको भनाई छ । राष्ट्रिय सीप विकासका कार्यक्रम र श्रम बजारसँग सम्बन्धित योजनामा एभरेष्ट मल्टिस्किल्सलाई पनि साझेदारका रूपमा समेट्न उहाँले सरकारसँग आग्रह पनि गरे । आगामी दिनमा सञ्चालन हुने सीपमूलक तालिम, वैदेशिक रोजगार लक्षित प्राविधिक कार्यक्रम तथा सीप प्रमाणीकरणका परियोजनामा सहकार्य गर्न कम्पनी ईच्छुक रहेको उनको भनाई छ । ३० वटा ट्रेडमा सम्बन्धन प्राप्त संस्थाको पूर्वाधार र तालिम सञ्चालन क्षमतालाई सरकारी सीप विकास कार्यक्रमसँग जोड्न सकेमा दक्ष जनशक्ति उत्पादन तथा अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली कामदारको प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुग्ने उनले बताए । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar