२५ असाेज, काठमाडाैं । बुढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
आईतवार दिउँसो राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै बाढी प्रभावित क्षेत्रमा फसेका ४७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकप्टरसहित ३ सय ८६ जना सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनले बाढीले गोरखाको चुमनुब्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दीवास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको बताए ।
सोही क्षेत्रमा एउटा घर बगाएको र अर्को एउटा घरमा बाढी पसेको जानकारी दिए । त्यसैगरी बाढीले धार्चे गाउँपालिका-५ माछीखोलाबाट करौँजा जोड्ने झोलुङ्गे पुलसमेत बगाएको जानकारी दिए । उनले बाढीको वास्तविक कारण पत्ता लगाउन तथा क्षतिग्रस्त पुलहरूको अवस्था अध्ययन गर्न प्राधिकरण र सडक विभागको प्राविधिक टोली ड्रोनसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको समेत जानकारी दिए । बाढीले धार्चे गाउँपालिका-३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका सातदेखि आठवटा घर बगाएको सूचना प्राप्त भएको प्राधिकरणले जनाएको छ । बाढीले आरूघाट गाउँपालिका-९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एउटा भाग बाढीले बगाएको उप्रेतीले जानकारी दिए । उनले माछीखोलाको तल्लो बस्तीमा बाढी पस्दा २० भन्दा बढी घर जोखिममा परेको समेत जानकारी दिए । उनले भने,‘नेपाली सेनाको चारवटा हेलिकप्टर प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन गरिएका छन् । प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको सकुशल उद्धार गरिएको र सुरक्षित स्थानमा राखिएको अवस्था छ । बाढी आउनुको वास्तविक कारण बुझ्न र आरूघाटस्थित पुल बाढीले बगाएपछि उक्त स्थानमा तत्काल बेलीब्रिज राख्न सकिने वा नसकिने सम्बन्धमा सम्भाव्यता अध्ययन समेतका लागि प्राधिकरण र सडक विभागबाट प्राविधिक टोली ड्रोनसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । र हालसम्म नेपाली सेनाबाट १२७ जना, नेपाल प्रहरीबाट ८३ जना र सशस्त्र प्रहरी बल नेपालबाट १७७ जना गरी ३ सय ८६ जना सुरक्षाकर्मी समेत त्यो ठाउँमा परिचालन गरिएका छन् । बाढीका कारण क्षतिको विवरण हालसम्म प्राप्त भएको विवरणमा चुमनुब्री गाउँपालिका ३ न्याक्चेतबाट सिर्दीवास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । सोही स्थानमा एक घर बगाएको र एक घरमा बाढी पसेको छ । गोरखा धार्चे गाउँपालिका ५ स्थित माछीखोलाबाट करौँजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको अवस्था छ । र धार्चे गाउँपालिका ३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावर हाउस र वरिपरि रहेका सात, आठवटा घरहरू बगाएको सूचना पनिज प्राप्त भएको छ । आरूघाट गाउँपालिका ९ नयाँपुल स्थित गोर्खाको आरूघाटबाट धादिङ जोड्ने पक्की पुल तीन भाग रहेकोमा गोरखातर्फको एक भाग बगाई क्षति गरेको अवस्था छ र सोही ठाउँमा माछीखोला स्थित तल्लो बस्तीमा बाढी पसेको २० भन्दा बढी घरहरु जोखिममा रहेको सूचना पनि प्राप्त भएको छ । आरूघाट गाउँपालिका २ र ३ जोड्ने सोतीमा रहेको फलामे पक्की पुल बगाएको छ । बूढीगण्डकी ३४१ मेगावाट मुख्य क्याम्प क्षेत्र र केही निर्माण निर्माण उपकरण बगाएको अवस्था छ । दोभान खोला २४.५ मेगावाट क्याम्प क्षेत्रका केही घरहरूमा क्षति, बेली ब्रिज बगाएको अवस्था छ ।’
बाढी गरेको क्षतिको थप विवरण संकलन कार्य भइरहेको प्राधिकरणले जनाएको छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar