|  

कांग्रेस उपसभापतिमा चन्द्र, मधु र विनोद विजयी

२६ असोज, काठमाडौं ।  नेपाली कांग्रेसको उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् ।

खुलातर्फ भण्डारीले ३ हजार ७३५ र आचार्यले २ हजार ३४२ मत प्राप्त गरे । समावेशी उपसभापतिमा चौधरी १ हजार ७४५ मतसहित विजयी भए । खुला उपसभापतिका अन्य प्रतिस्पर्धीहरूमा गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्र मोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।

समावेशी उपसभापतिमा प्रतिस्पर्धा गरेका जीवन परियारले १ हजार ६५८, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रन्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।

महिला उपसभापतिमा पुष्पा भुसाल र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका थिए।