|  

युवा पुस्ताले चाहेजस्तो कांग्रेस बनाउने अभियानमा लाग्छुः डिला संग्रौला

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसकी नवनिर्वाचित महामन्त्री डिला संग्रौला पन्तले युवा पुस्ताको चाहनाअनुसार पार्टीलाई अघि बढाउने प्रतिबद्धता जनाएकी छन् ।

उनले कांग्रेसलाई नयाँ उचाइ र नयाँ बाटोमा लैजान आफू प्रतिबद्ध भएर लाग्ने बताइन् । १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै संग्रौलाले युवा पुस्ताले चाहेजस्तो कांग्रेस बनाउनु आफ्नो प्रमुख अभियान हुने उल्लेख गरिन् ।

‘नेपाली कांग्रेसलाई नयाँ उचाइ र नयाँ बाटोमा लैजानेछौँ,’ उनले भनिन्, ‘अहिलेको युवा पुस्ताले चाहेजस्तो कांग्रेस बनाउने हाम्रो महान् अभियानमा प्रतिबद्ध भएर लाग्नेछु।’